फुटपाथमा बस कुद्दा भारतमा ७ तीर्थयात्रीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बुलन्द सहरमा तीब्र गतिमा आएको बस फुटपाथ चढ्दा त्यहाँ सुतिरहेका ७ तीर्थयात्रीहरुको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान गंगा नदी नजिकै गान्धी घाटमा उक्त घटना घटेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

मृत्यु हुने सातै जना महिला हुन् जसमा तीन जना बालिका भएको हिन्दुस्तान टाइम्सले लेखेको छ। असोज १६ गते ५६ जनाको टोलीसहित भारतको मोहनपुर गाउँबाट हिँडेका उनीहरू जम्मुकस्मिरमा रहेको माता वैष्णोदेवी मन्दिरबाट फर्किँदै थिए।

शुक्रबार बिहान पौने ३ बजे आराम गर्नका लागि गाडी रोकिएको थियो। केही तीर्थयात्री त्यही फुटपाथमा सुतेका थिए। बिहानको ४ बजे तीव्र गतिमा आएको बसले ७ जनालाई किचेको हो। मर्नेमा तीन जना एकै परिवारको रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस