एनआईसी एशिया बैंकको दक्षिणा प्लस योजना

काठमाडाैं । एनआईसी एशिया बैंकले दशैंलाई लक्षित गरेर दक्षिणा प्लसको योजना ल्याएको छ। दशैंमा टीका लगाएर बैंकको मोबैंक प्रयोग गरी रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम बैंकले दिने छ।

दक्षिणा प्लस नाम दिइएको एस योजना अन्तर्गत मोबैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जना सम्मलाई दक्षिणा रकमको १०% वा अधिकतम १०० बैंकको तर्फबाट थप हुनेछ । दक्षिणा प्लस योजना यस बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ भने यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुने बैंकले जानकारी दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस