आयो पूर्वराजा ज्ञानेन्द्र शाहको दशैं तालिका

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहको बडादशैंको तालिका आएको छ । पूर्वराजाले बडादशैंको उपलक्ष्यमा महाअष्टमीका दिन आइतबार अपरान्ह उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

उनले नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको उनको संवाद सचिवालयले जनाएको छ ।

त्यस्तै पूर्वराजाले विजया दशमीको दिन इच्छुकवर्गलाई टीकासमेत लगाइदिने भएका छन् । मंगलबार अपरान्ह ४ बजेपछि उनले दशैंको टीका लगाइदिने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस