साउदी राजाका अंगरक्षकको गोली हानी हत्या

साउदी । साउदी अरेबियाका राजाको अंगरक्षकको हत्या भएको छ । साउदी अरेबियाका राजा सलमानका अंग रक्षकको हत्या उनका साथीले गोली हानी हत्या गरेको सरकारी अधिकारीले बताएका छन् ।

व्यक्तिगत विवादका कारण साउदी राजाका अंगरक्षक जनरल अब्देल अजिज अल–फाग्हामको हत्या शनिबार राति भएको हो । अब्देलको हत्या उनका साथी मोहमद बिन मेशाल अल अलीले गरेका हुन्।

गोली लागेर घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो । गोली प्रहार गर्ने अलीले आत्मसमर्पण गर्न नमानेपछि गोली प्रहार गरेको र उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अरु सातजना घाइते भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस