मुक्तिनाथ विकास बैंकद्वारा सहयोग

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अटिजम केयर नेपाल सोसाइटी, कास्कीलाई (तालिम भवन निर्माणका लागि १ लाख) वित्तीय सहयोग स्वरूप चेक प्रदान गरेको छ ।

यस अटिजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्लाभरी रहेका अटिजम भएका बालबालिकाहरूको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलाप गर्दै आइरहेको भन्दै बैंकले उक्त चेक मुक्तिनाथ विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले अटिजम केयर नेपाल सोसाइटीका कोषाध्यक्ष सरु अधिकारीलाई हस्तान्तरण गरेको जनाएको छ ।

समथै, हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘०७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस