अछामको कमलबजार नगरपालिका कार्यालयमा बम बिस्फोट

अछाम । नेत्रविक्रम चन्द विप्लव समूहले बिहीबार राति अछामको कमलबजार नगरपालिकामा बम बिस्फोट गराएको छ ।

राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम बिस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । बिस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए ।

तार जोडेर करिब १०० मिटर टाढाबाट बम बिस्फोट गराइएको पाइएको छ । प्रहरीले बिस्फोट गराउने समूहको खोजी गरिरहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस