सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अघि बढेन्

सिन्धुली । सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढ्न सकेको छैन । समयमै मुआब्जा र क्षतिपूर्ति निर्धारण हुन नसक्दा सिन्धुलीस्थित सरकारको राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अगाडी नबढेको हो ।

आयोजनाबाट प्रभावित सिन्धुली र रामेछाप जिल्लाका बासिन्दाले डाइभर्सनको कार्य थालनी गर्नु अगावै राखेको उचित मुआब्जा र क्षतिपूर्तिको माग पूरा हुन नसक्दा काम अगाडि नबढेको हो । सिन्धुली र रामेछाप जिल्ला प्रशासन कार्यालयमा पटक पटक बसेको बैठकले स्थानीयबासीको जग्गाको मुआब्जा निर्धारण गर्न नसक्दा अन्यौल बढेको हो ।

स्थानीयले उचित मुआब्जा, रोजगारीको तथा प्रभावित क्षेत्रको जलवायुमा पर्ने असर समेतको मुल्यांकन गरि नदी क्षेत्रमा तटबन्ध, सुख्खा क्षेत्रमा सिंचाई लगायतका विकासमा प्राथमिकता दिन माग गर्दै आएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस