दुर्घटनाका एकको मृत्यु

दाङ । तुलसीपुरको गहते खोला नजिकै भएको हायस दुर्घटनामा परेका एक घाइतेको मृत्यु भएको छ ।हायसमा सवार बबई  गाउँपालिका वडा नं. ७ निवासी ६० वर्षीया मुन्य चौधरीको उपचारको लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले घाइते चौधरीको बाटो मै मृत्यु भएको जानकारी दिए । गम्भीर घाइते चौधरीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके रेफर गरिएको थियो ।

तुलसीपुरबाट रगैंचा तर्फ जाँदै गरेको बा ३ ख १६०२ नम्वरको हायस बुधवार दिउँसो अनियन्त्रित भइ बाटोको छेउमा पल्टिदा दुई जना पैदल यात्रुसहित हायसमा सवार ५ जना घाइते भएका थिए ।

हायसको ठक्कर बाट पैदल यात्रु तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ५८ बर्षीया सीता डाँगीपनि गम्भीर घाइते भएकी छन् । उनको बाँकेमा उपचार भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री