दोस्रो चरणको पेट्रोलियम अन्वेषण : चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं । दोस्रो चरणको पेट्रोलियम अन्वेषण कार्यक्रमको लागि चिनियाँ प्रतिनिधिमण्डल यही सेप्टेम्बर महिनामा नेपाल आउने भएको छ । यसअघि गएको जुन महिनाको अन्तिम साता नेपाल आएको टोलीले दैलेख र पाल्पामा एकसरो अध्ययन गरेको थियो । अब आउने टोलीले दैलेखमा ड्रिलिङ्गको काम नै गर्ने खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले बताए ।

महानिर्देशक सापकोटाका अनुसार अहिले आउने टोली दैलेखमा मात्रै केन्द्रित हुनेछ । उनले भने,‘‘यो सम्बन्धी काम आगामी डेढ वर्षसम्ममा सक्ने हाम्रो लक्ष्य छ ।” गएको जुन महिनामा आएको चिनियाँ प्राविधिक टोलीले दुवै स्थानको स्थलगत निरीक्षण गरेको थियो ।

सन् २०१६मा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा चीन भ्रमण गर्दा नेपाल र चीन सरकारबीच नेपालमा पेट्रोलियम अन्वेषण सम्बन्धी सहयोगका बारेमा सहमति भएको थियो । सोहीअनुसार गएको फेब्रुअरी २८ तारेखका दिन दुई देशका अधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौता अवधि तीनवर्षको रहेको उल्लेख छ । सम्झौतामा चीनको विज्ञ टोलीले पहिलो चरण अन्तर्गत १० महिनामा तानसेन तथा दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भे गर्ने तथा दोस्रो चरणमा ११ देखि २८ महिनासम्ममा दैलेख क्षेत्रमा ड्रिलिङ्ग कार्य सम्पन्न गर्ने भनिएको छ । त्यसपछि तेस्रो चरणमा २९ देखि ३६ महिनाको बीचमा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस