एएफसी यू–१६ च्याम्पियनसिप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्दैछ । नेपालले प्रतियोगिताको सुरुवात नै घरेलु टोली जोर्डनसँगको खेलबाट गर्नेछ । नेपाल र जोर्डनबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

बलियो जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न संघर्ष गर्नुपर्ने छ । हालै भारतमा सम्पन्न साफ १५ वर्ष मूनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले दुई साताको अन्तरमा दोस्रो प्रतियोगिता खेल्न लागेको हो । तर, भारतमा नेपाली टोलीको कप्तानी गरेका प्रदीप लम्सालसहित असिम राई र इश्वर गुरुङ टिममा छैनन् । एमआरआईबाट तीनै खेलाडीको उमेर बढी भएको रिपोर्ट आएपछि उनीहरु जोर्डन गएका छैनन् ।

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् । नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस