प्याजको भाउ बढ्दै

काठमाण्डौ । काठमाण्डौमा सुकेको प्याज महँगो हुँदै गएको छ । किलोको ६५ देखि ७० रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको सुकेको प्याज किलोको ७५ देखि ८० रुपैयाँ खुद्रा मूल्य तोकिएको कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार भारतबाट आयात हुँदै आएको प्याज उतै महँगो भएकाले नेपालमा पनि भाउ बढेको हो । नेपालमा लगाएको प्याज बाढीले बगाएको तथा लगातार पानी पर्दा उत्पादन कम भएपछि प्याजमा पनि भारतकै भर पर्नुपरेको छ ।

तर भारतले पनि चीन, पाकिस्तान, ग्रिस, अफगानिस्तानसँगै अरु देशबाट प्याज आयात गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसले पनि नेपाली बजारमा प्याजको भाउ अझै बढ्ने देखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस