युरोकप छनौट : इंग्ल्याण्ड विजयी

काठमाडाैँ । युरोकप फुटबल २०२० को छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले प्रभावशाली जित दर्ता गरेको छ । समूह ए अन्तर्गतको खेलमा इंग्ल्याण्डले कोसोभोलाई ५–३ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा इंग्ल्याण्ड पहिलो मिनेटमा नै पछि परेको थियो । कोसोभोका लागि पहिलो मिनेटमै वालोन बेरिशले गोल गरेका हुन् । आठौँ मिनेटमा रहिम स्ट्रर्लिङ्गले इंग्ल्याण्डका लागि बराबरी गोल गरे ।

१९ औँ मिनेटमा ह्यारी केनले गोल गरेर अग्रता दिलाए । ३८ औँ मिनेटमा उपहार गोल पायो, अर्थात कोसोभोका मर्जिम भोज्भोडाले आत्मघाती गोल गरे । जेडन सान्चोले ४४ र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेपछि इंग्ल्याण्डले पहिलो हाफमा ५–१ को अग्रता लियो ।

दोस्रो हाफमा कोसोभो खेलमा फर्किने प्रयासमा रह्यो । ४९ औँ मिनेटमा कोसोभोका बेरिशले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै ५५ औँ मिनेटमा पाएको पेनाल्टीमा वेडाट मुरिकीले गोल गरे । इंग्ल्याण्डले दोस्रो हाफमा थप गोल गर्न सकेन र खेलमा ५–३ को जित निकालेको हो ।

समूह चरणमा लगातार चार खेल जितेको इंग्ल्याण्ड १२ अंकसहित शीर्षस्थानमा छ । मन्टेनेग्रोलाई ३–० ले पराजित गरेको चेक गणतन्त्र ९ अंकसहित समूहको दोस्रो स्थानमा उक्लिएको छ । कोसोभोको भने ८ अंक छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस