कपनमा साथीहरुबीच झगडा : एकको मृत्यु, चारजना पक्राउ

काठमाडौं । कपनमा गएराति साथी–साथीबीच भएको विवादले उग्ररुप लिँदा एकजनाको मृत्यु भएको छ । कुटपिटबाट खोटाङको बारपोखरी नगरपालिका–६ का १८ वर्षीय सञ्जय राईको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीका अनुसार सुरुमा सबैले सँगै मदिरा सेवन गरेको र पछि लेनदेनको विषयमा विवाद हुँदा कुटपिट सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । झगडा हुँदा घाइते राईको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

एसएसपी सुवेदीका अनुसार अनुसन्धानका लागि मृतक राईका साथी सोलुखुम्बुका सागर बस्नेत, मोरङका अजय राई, सोलुखुम्बुकै प्रेम राई र इलामका सुसान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डढेलोले जनधन ठूलो क्षति गर्दापनि सरकार संवेदनशील देखिएन : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न …

प्रतिकृया दिनुहॊस