स्वरोजगार लघुवित्तको २८.१५% लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २८.१५% लाभाँश दिने घोषणा गरेको छ । कम्पनीले २०७५–७६ को नाफाबाट २६.७५% बोनस सेयर र कर तिर्न लगानीकर्तालाई १.४०% नगद लाभांश दिने पनि निर्णय गरेको छ ।
स्वरोजगारको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ७ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस र ३७ लाख ९४ हजार रुपैयाँको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।  हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ९५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९६ पैसा रहेको कम्पनीको  प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस