बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

बर्दिया । पाटे बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारको खानेपानी ट्याङ्की नजिक ७० वर्षीय पहरिया थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको निकुञ्जले जनाएको छ ।

आइतबार बिहान ७ बजेतिर करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला बाघले आक्रमण गरेको ‍स्थानीय देविराम दहितले बताए । बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै २५ मिटर घिसारेर लगेको छ ।

बाघले मृतकको घाँटीमा हानेको चोट देखिन्छ । थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाघले आक्रमण गर्दा थारुको ज्यान गएको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस