आर्सनल र लिभरपुलको लगातार दोस्रो जित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। आर्सनलका लागि अलेक्जेन्ड्रे लकाजेटे र पिएरे इमरिक अउवामियाङले गोल गरेपछि आर्सनलले लिगमा दोस्रो जित निकाल्न सफल भयो।  त्यस्तै लिभरपुलले लगातार दोस्रो जित निकालेकाे छ।

लिभरपुलका लागि साडियो माने र रोर्वटो फिरमिनोले गोल गर्दा साउथहेम्टन २–१ ले पराजित भयो। साउथहेम्टनका लागि भने इंग्सले ८१ औं मिनेटमा एक गोल गरेपनि टिमको हार टार्न पर्याप्त भएन्।  आर्सनलका फ्रेन्च स्ट्राइकर अलेक्जेन्ड्रे लामो समयको इन्जुरी पछि पहिलो पटक टिममा फर्कदा उत्कृष्ट प्रदर्शन गर्न सफल रहे। उनले १३ औं मिनेटमानै गोल गर्दै टिमलाई अग्रता दिलाए। तर बर्नलीले कडा चुनौती दिंदै ४३ औं मिनेटमा बराबरी गोल गर्न सफल भयो।

बर्नलीका लागि एस्ले बर्नेसले बराबरी गोल गरे। उनको दुई खेलमा यो तेस्रो गोल हो। यसअघि साउथहेम्टन विरुद्ध प्रिमियर लिगमा उनले २ गोल गरेका थिए। घरेलु टोली आर्सनलले इमिरेट्स स्टेडियममा घरेलु समर्थकमाझ ८ मिलियन पाउन्डमा भित्राएका डिफेन्डर डेभिड लुईज र डेनी सेबालोसलाई टिममा डेब्यु गरायो।

डेब्युमानै सेबालोसले निर्णायक गोलका लागि असिस्ट गरे। उनले ६४ औं मिनेटमा गरेको आकर्षक पासलाई अउवामियाङले पोस्टको दिशा दिंदा आर्सनलले निर्णायक अग्रता बनाएको थियो। जुन अग्रतालाई अन्तिम सम्म टिकाउँदा ६ अंक जोड्न आर्सनल सफल रह्यो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस