रिलायन्स लाइफ इन्स्योरेन्स एजीएम : ६३ करोड बराबरको शेयर निष्काशन गर्ने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७६ साल श्रावण ३१ गते शुक्रबारका दिन आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरे ।

सभाले सञ्चालक समितिको आ.व. २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा व्यवसाय संचालन गर्दै हाल ८८ वटा शाखा-उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पुँजी २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस