सिटिजन लाइफद्वारा बिजनेस अवार्डस् नाइट आयोजना

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल सोल्टी क्राउन प्लाजा काठमाडौंमा सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरेको छ । देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत पनि गरेको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे तथा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरु उपस्थित थिए ।

कार्यक्रममा कम्पनीका चार जना उदयीमान शाखा प्रमुखहरु, क्षेत्रीय स्तरका चार उत्कृष्ट शाखा प्रमुखहरु, सात उत्कृष्ट शाखा प्रमुखहरु, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु तथा उत्कृष्ट एजेन्टहरुका साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरियो ।

कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुँयालले आगामी दिनहरुका लागि बोकेको लक्ष्य र कम्पनीको भावी योजनाबारे पनि जानकारी दिए ।

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफ इन्स्योरेन्सकाे वित्तीय विवरण सार्वजनिक

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस