काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा मूल्यवृद्धि आकाशिएको छ । व्यापार घाटा अहिलेसम्मकै उच्च छ भने विदेशी मुद्राको सञ्चिति पनि घटेको छ । चालु खाता घाटा पनि अहिले सम्मकै उच्च रहेको छ । यसले देशको अर्थतन्त्रमा गम्भिर संकटल्याउन सक्ने खतरा बढाएको छ ।
आर्थिक वर्ष २०७५/०७६ को ११ महिनामा मूल्यवृद्धि ६ दशमलव २ प्रतिशत पुगेको छ । खाध्य तथा पेय पदार्थको मूल्यवृद्धि ६ दशालव ७ प्रतिशत रहेको छ । तरकारीजन्य वस्तुको मूल्यवृद्धि सबैभन्दा बढी छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार व्यापार घाटा पनि अहिलेसम्मकै उच्च भएको छ ।
पेट्रोलियम पदार्थ, पाटपुर्जा, तयारी पोशाक, विद्युतीय सामान लगायतका वस्तुको आयात सबैभन्दा बढी बढेको छ । त्यस्तै व्यापार घाटा १७ दशमलव २ प्रतिशतले बढेको छ । रेमिट्यान्स आम्दानी बढेपनि विदेशी मुद्राको संचिति घटेको छ । चालू खाता घाटामा उच्च वृद्धि भएको छ । यी तथ्याङ्कको अवस्थाले अर्थतन्त्र गम्भिर मोडमा भएको संकेत गरेको छ ।
अर्थतन्त्रका मुख्य सूचकहरु नकारात्मक बन्दा देशको आर्थिक स्थिति कुन दिशातर्फ गएको छ भन्ने स्पस्ट देखिएको छ । वैदेशिक रोजगारीमा जानेले रेमिट्यान्स पठाएकै छन् । त्यो रकम सबै उपभोगमा खर्च हुँदा अयात वृद्धिदर उच्च छ ।
यस्तो अवस्थालाई रोक्न सरकारले कुनै कदम चालेको देखिदैन् । अर्थविद्हरुपनि उपभोग गर्ने प्रवृति बढ्ने तर उत्पादन नबढ्ने अवस्था रहेकाले यस्तो अवस्था आएको बताउँछन् । त्यसैले लगानीमा आधारीत विकासका मोडल आवस्यक रहेको तर्क आर्थविदको छ ।
सरकारको आन्तरिक कर्जा पनि १७ प्रतिशतले बढेको छ । समग्रमा अधिकांश सूचकहरु नकारात्मक रहे । यी सूचकहरुले अहिलेसम्मकै बलियो भनिएको सरकारलाईभने गिज्याईरहेका छन् ।
प्रतिकृया दिनुहॊस