काठमाडाैँ । अल्जेरिया अफ्रिकन च्याम्पियन बनेको छ । इजिप्टमा भएको अफ्रिका कप अफ नेशन फुटबलको उपाधि अल्जेरियाले जितेको हो । कायरोमा शुक्रबार राति भएको फाइनलमा सेनेगललाई १–० ले पराजित गर्दै अल्जेरिया अफ्रिकन च्याम्पियन बनेको हो ।
अल्जेरियाको जितमा बग्दाद बोएनेजाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको दोस्रो मिनेटमा सेनेगलका सालिफ सानेबाट फुत्किएको बललाई नियन्त्रणमा लिएर बग्दादले गोल गरेका हुन् । उनको त्यहि गोल नै अल्जेरियालाई च्याम्पियन बनाउन पर्याप्त भयो ।
अहिलेसम्म उपाधि जित्न नसकेको सेनेगलले दोस्रो हाफमा पेनाल्टी पएको थियो । तर भिएआरमा ह्याण्डबल नदेखिएपछि पेनाल्टीको निर्णय फिर्ता लिइएको थियो । अल्जेरिया २९ वर्षपछि पुनः अफ्रिकन च्याम्पियन बनेको हो ।
उसले यसअघि सन् १९९० मा उपाधि जितेको थियो । यसपटक अल्जेरियाले रियाद महरेजको कप्तानीमा उपाधि जितेको हो । फाइनलमा पराजित भएपछि सेनेगलका खेलाडी मैदानमै रोएका थिए ।
प्रतिकृया दिनुहॊस