शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । मंगलबार ३३ दशमलव ४१ अंकले बढेको बजार बुधबार पनि ३८ दशमलव ८१ अंकले बढेर २ हजार ७५५ दशमलव ४७ विन्दुमा बन्द भएको हो ।

बुधबार ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार कित्ता शेयर कारोबार भएको छ । बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० वटाको घटेको छ । बाँकी रहेका ५ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

बुधबार ८ वटा कम्पनीको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार जानकी फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ३४ करोड १ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल साइबर ओलम्पियाड-२०८१ : सूचना प्रविधिमा प्रतिस्पर्धात्मक क्षमताको विकास

काठमाडौं । सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यसहित नेशनल साइबर ओलम्पियाड–२०८१ को पाँचौं संस्करण पौष …

प्रतिकृया दिनुहॊस