शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन

काठमाडौं । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टमा डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्कको उद्घाटन गरेको छ ।

शारडा ग्रुपका आफ्टर–सेल्स महाप्रबन्धक कृष्णप्रसाद पोखरेल र सिद्धार्थ हस्पिटालिटीका महाप्रबन्धक किरण रिमालले औपचारिक रूपमा चार्जिङ स्टेसनको उद्घाटन गरेका छन् ।

यसले निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर, सिट्रन र पज्यो गाडीका ग्राहक तथा चालकहरूलाई दिगो र वातानुकूलित प्रविधिमा सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

गत साताको बिहीबार उक्त स्टेसनको उद्घाटन गरिएको थियो ।

उक्त चार्जिङ स्टेसनले दिगो प्रविधिमा आरामदायी यात्रा गर्न चाहने आधुनिक ग्राहकहरूको लागि डीसी फास्ट चार्जिङ सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले हाल देशभर १६ भन्दा बढी फास्ट–चार्जिङ नेटवर्क सञ्चालनमा रहेको बताएको छ ।

हाल पोखरा, नारायणघाट, नेपालगञ्ज, बुटवल, विराटनगर, विरगञ्ज, बिर्तामोड र बर्दिबासका स्थानहरूमा चार्जिङ पूर्वाधारहरू सञ्चालनमा रहेका छन् भने अब कुरिनटारमा पनि चार्जिङ स्टेसन निर्माण सुरू भएको छ । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले देशभर एकसय चार्जिङ स्टेसन सञ्चालन गर्ने योजना बनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटलको शेयरमूल्य समायोजन

काठमाडौं । सोल्टी होटलको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि …

प्रतिकृया दिनुहॊस