काठमाडौं । गेमिङ एसेसरिज ब्राण्ड ब्ल्याक शार्क नेपाली बजारमा भित्रिएको छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट प्लेस मोबाइलमाण्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिज भित्र्याएको हो । कम्पनीले मंसिर १७ गतेसम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्राण्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडबारेमा जानकारी लिन र प्रयोग गर्न सक्ने जनाएको छ । कम्पनीले शार्क नेपाली बजारमा औपचारिक लञ्चका अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य विभिन्न अफरसमेत उपलब्ध गराउने भएको छ ।
प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँचयोग्य बनाउन ५० प्रतिशत छुट प्रदान गरेको छ । कम्पनीका अनुसार पहिलो ५० ग्राहकले जिटी ३ नियो स्मार्टवाच र टी ९ इयरबडमा विशेष छुट प्राप्त गर्नेछन् । तीबाहेक सुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मजाले लिन र ब्राण्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट हृयाम्परसमेत प्रदान गरिनेछ । सहभागीहरूमा उत्साह प्रदान गर्न र पुरस्कृत गर्न एक ग्राण्ड गिभअवे कार्यक्रम गरिनेछ र विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक शार्क प्रोडक्ट उपलब्ध गराइनेछ ।
मोबाइलमाण्डुले पहिलो चरणमा विभिन्न मोडलका स्मार्टवाच र इयरबड ल्याएकोमा आगामी दिनमा अन्य एसेसरिजसमेत उपलब्ध हुने जनाएको छ । सातदेखि २१ दिनसम्मको ब्याट्री लाइफ भएका स्मार्टवाच गेमिङमा प्रयोग गर्न सकिन्छ । त्यसबाहेक स्पोर्ट्स र हेल्थ चेकअपका लागि समेत विशेष उपयोगी हुने बताइएको छ । इयरबडको ब्याट्री लाइफ ४० घण्टासम्म रहने पनि कम्पनीको दाबी छ । मोबाइलमाण्डु र दराजबाट उल्लेखित सामग्री खरिद गर्न सकिने बताइएको छ ।




