काठमाडौं । सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यसहित नेशनल साइबर ओलम्पियाड–२०८१ को पाँचौं संस्करण पौष १५ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ। पाइला क्रिएसनको व्यवस्थापन र प्रशिक्षणको आयोजनामा हुने यो प्रतियोगितामा काठमाडौं उपत्यकाका ५० भन्दा बढी विद्यालयका टिमहरूले भाग लिनेछन्।
यस वर्षको प्रतियोगिता अन्तर-विद्यालय हाजिरीजवाफको स्वरूपमा आयोजना हुनेछ। सहभागी विद्यालयहरूले पौष ५ गतेभित्रमा नाम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ।
नेशनल साइबर ओलम्पियाड तीन चरणमा Knock-Out पद्धतिबाट सञ्चालन हुनेछ, जसमा Qualifying, Semifinal, र Final चरणहरू समेटिनेछन्। सहभागी टिमहरू General, Curriculum, Logical, Multimedia, Defending, Gambling, र Gasping राउन्डमा प्रतिस्पर्धा गर्नेछन्।
कार्यक्रमको अर्को महत्वपूर्ण विशेषता प्रत्येक हप्ता सञ्चालन गरिने कार्यशालाहरू हुन्। यी कार्यशालामा प्रतियोगिताका सहभागीहरू तथा अन्य इच्छुक विद्यार्थीहरूले सूचना प्रविधिसम्बन्धी उपयोगी सीप सिक्न पाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई नगद पुरस्कार, ट्रफी, मेडल, तथा अन्य आकर्षक उपहारहरू प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रम तालिका
- ओरिएन्टेसन: पौष १५ गते
- अन्तिम चरण: माघ ७ गते
नेशनल साइबर ओलम्पियाडका संस्थापक अध्यक्ष लक्ष्मण पोखरेलले सूचना प्रविधिको ज्ञान अभिवृद्धि र यस क्षेत्रमा विद्यार्थीहरूको रुचि बढाउन प्रतियोगिता प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। उनले प्रतियोगिताले सहभागीहरूलाई प्रविधिको अद्यावधिक ज्ञान हासिल गर्न र आफ्नो क्षमता उजागर गर्न सहयोग गर्ने बताए।
इच्छुक टिमहरूले विद्यालयबाट उपलब्ध गराइने फारम भरेर वा अनलाइन दर्ता लिङ्कमार्फत आवेदन दिन सक्नेछन्।
दर्ता लिङ्क: https://forms.gle/yndNVdzY4vUe9wRc9
नेशनल साइबर ओलम्पियाड–२०८१ सूचना प्रविधि क्षेत्रप्रति विद्यार्थीको चासो र ज्ञान बढाउने मञ्च हुने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहॊस