पारसको विष्फोटक ब्याटिङमा नेपालको सहज जित

काठमाडौं । मलेसियाविरुद्ध दुई खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्यको नेपालले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १२९ रन पूरा गर्‍यो ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । विष्फोटक ब्याटिङ गरेका उनले ५० बल खेल्दै ८ चौका र ५ छक्काको सहयोगमा नट आउट ८६ रन बनाए ।

त्यस्तै नेपालका शरद भेशवाकरले १६ रन जोड्दा उप–कप्तान ज्ञानेन्द्र मल्लले ७ रन जोड्दा प्रदीप ऐरी ८ र रोहित कुमार पौड्यलले ५ रनको योगदान गरे ।

बलिङतर्फ मलेसियाका लागि अनुवर रहेमानले दुई विकेट लिँदा फिट्री सामले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन जोडेको थियो । खराव शुरुआत गरेको मलेसियाका लागि भिरन्दीपले ५७ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ७ चौका र १ छक्का पहर गर्दै ५७ रनको अर्धशतकीय पारी खेलेका हुन् ।

भिरन्दीपले दोस्रो विकेटका लागि फित्री शामसँग ४१ रनको साझेदारी गर्दा तेस्रो विकेटका लागि कप्तान अहमद फाइजसँग ५० रनको साझेदारी गरे । कप्तान फाइजले ३९ बलमा २ छक्का प्रहार गर्दै ४५ रनको योगदान दिए ।

मलेसियाले पहिलो विकेटको रुपमा सयेद अजिजलाई शून्य रनमा गुमाउँदा दोस्रो विकेटको रुपमा १२ रनमो खेली रहेका फित्री शामलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा अर्धशतकीय पारी खेलेका भिरन्दीपलाई गुमाउँदा चौथो विकेटको रुपमा शाफिक शारिफलाई दुई रनमा गुमायो ।

त्यस्तै अकिद्दीन रामलीर र शर्भिन मुनियान्डी, अन्वर रहमन शून्य रनमा पेभिलिएन फर्किदा मुहमद सयेहदत ८ रनमा आउट भए । नेपालका लागि करन केसीले तीन विकेट लिए । त्यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले समान दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस