विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

कैलाली । कैलालीको भजनीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।

भजनी नगरपालिका ३, कनैयापुरका एकै परिवारका पाँच जना विषालु च्याउ खाएर बिरामी भएका हुन् । उनिहरु सबैको भजनी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अस्पतालका प्रमुख चिकित्सक शिशिर देवकोटाका अनुसार ३६ वर्षीया रतीदेवी चौधरी, ४० वर्षीया राम दुलारी चौधरी, ६७ वर्षीया सीतारानी चौधरी, २२ वर्षका राजेश चौधरी र २० वर्षीया सुष्मा चौधरी विषालु च्याउ खाएर बिरामी भएपछि शुक्रबार राति अस्पताल भर्ना भएका हुन् ।

बिरामी भएका पाँचै जनाको अवस्था खतरामुक्त रहेको डा. देवकोटाले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस