रिपोर्टरसँग झगडापछि पत्रकार संघद्वारा कंगना रनौट प्रतिबन्ध, एकताले मागिन् माफी

काठमाडाैँ । केही दिनअघि फिल्म ‘जजमेन्टल हे क्या’ को ‘द बखरा सङ्ग’ को लञ्चिङ कार्यक्रममा कंगना रनोटले भारतीय पत्रकार जस्टिन रावमाथि आफ्नो रिस पोखेकी थिइन् । उनको यस्तो व्यवहारपछि पत्रकार संघ (इन्टरटेन्मेन्ट जर्नलिस्ट गिल्ड अफ इन्डिया) रुष्ट छ र उनीसँग माफीको माग गरिरहेका छन् । संघले कंगनालाई प्रतिबन्ध गरेको घोषणा गर्दै एकता कपुरलाई यसबारे चिट्ठी लेखेका छन् । यसैबीच एकताको फिल्म प्रोडक्सन कम्पनी बालाजी टेलिफिल्म्सको तर्फबाट एक आधिकारिक बयान जारी गर्दै माफी मागेकी छिन् र घटनाप्रति खेद जताएकी छिन् ।

बालाजी टेलिफिल्म्सको स्टेटमेन्टमा लेखिएको छ, ‘सम्बन्धित व्यक्तिका लागि । ७ जुलाई २०१९ को गीत सार्वजनिक गर्ने कार्यक्रममा ‘जजमेन्टल हे क्या’ की नायिका एवं पत्रकार जस्टिन रावबीच भएको विवादबारे निकै चर्चा भइरहेको छ । दुर्भाग्यपूर्ण, घटनाले अप्रिय मोड लिएको छ । यसमा संलग्न मानिसहरुले निष्पक्ष रुपमा आ–आफ्नो धारणा राखे । तर यो हाम्रो फिल्मको कार्यक्रममा भयो । त्यसकारण निर्माता भएको नाताले हामी माफी चाहन्छौं र यो अप्रिय घटनाप्रति खेद व्यक्त गर्छौं ।’

वक्तव्यमा थपिएको छ, ‘हामी यो स्पष्ट गर्न चाहन्छौं कि हाम्रो उद्देश्य कसैको अपमान गर्नु वा कसैलाई कुनै ठेस पुर्याउनु होइन । हाम्रो फिल्म ‘जजमेन्टल हे क्या’ २६ जुलाईमा रिलिज हुँदैछ र हामी मिडियासँग आग्रह गर्छौं कि यो एक घटनाका कारण फिल्मको टिमको मेहनत खराब हुन नदिनुहोस् ।’

इन्टरटेन्मेन्ट जर्नलिस्ट गिल्ड अफ इन्डिया नामको संस्थाले मामलामाथि संज्ञान लिँदै एकता कपुरलाई चिट्ठी लेख्यो जसमा उक्त कार्यक्रममा भएको घटनाको विषयमा खेद प्रकट गरेका छन् ।

चिट्ठीमा संघको तर्फबाट लेखिएको छ, ‘७ जुलाई २०१९ मा तपाईंको समूहले प्रेसका सदस्यलाई निमन्त्रण पठाएका थिए । गीत सार्वजनिक गरेपछि कुराकानीको क्रममा राजकुमार रावसँग स्टेजमा बसेकी कंगना रनौटले प्रेस टस्ट अफ इन्डिया (पिटिआई) का हाम्रा साथी पत्रकार जस्टिन रावमाथि उनको प्रश्न पुरा हुनु अघि नै अचानक कराउन सुरु गरिन् । यो व्यवहार अनावश्यक थियो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस