जंगली च्याउको तरकारी खाँदा ललितपुरमा एक जनाको मृत्यु

काठमाण्डौ । जंगली च्याउको तरकारी खाएर लललितपुरमा एक जनाको ज्यान गएको छ । ललितपुरको लामाटारमा जंगलबाट ल्याएको च्याउको तरकारी खाएकी मिरा बयलकोटीको ज्यान गएको हो । च्याउ खाएर अन्य दुई जना बिरामी परेका छन् ।

सोमबार बेलुकी च्याउको तरकारी खाएर बिरामी भएकी महालक्ष्मी नगरपालिका–९ की बयलकोटीको उपचारको क्रममा किष्ट अस्पतालमा मंगलबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

च्याउको तरकारी खाएर बिरामी भएका बर्दियाका हिक्मत ज्ञवाली र विमल थापाको पाटन अस्पतालमा उपचार भैरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस