तरकारी तथा फलफूलमा विषादीको जाँच व्यवस्थित हुनुपर्छ

तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ ।  नेपाल कृषि प्रधान राष्ट्र भएपनि पछिल्लो समय तरकारी तथा फलफूलको उत्पादनले आन्तरिक खपतलाई पूरा गर्न सक्ने अवस्था छैन । जसले गर्दा वर्षेनी ठूलो मात्रामा फलफूल र तरकारी आयात गरिँदै आएको छ ।

पछिल्लो समयमा अत्यधिक मात्रामा विषादी प्रयोग हुँदै आएको विभिन्न परीक्षणबाट देखिँदै आएको छ । अहिले सरकारले नेपाल भित्रिने फलफूल तथा तरकारीमा विषदीको मात्राकति रहेको छ भन्ने कुराको परीक्षण सुरु गरेको छ ।

नेपालमा प्लान्ट क्वारेन्टाइनको व्यवस्था भएपनि आयातित फलफूल तथा तरकारीमा भएका रोग–कीराको सामान्य परीक्षण मात्र हुने गरेको थियो ।

यस्तो परीक्षण पनि विशेष खालका प्रयोगशालामा नभएर आँखाले हेरेर स्वीकृति दिने गरिँदै आएको छ । कृषिजन्य वस्तुमा प्रयोग भएको विषादी कति मात्रामा छ भन्ने कुरा जाँच गरिने संयन्त्र थिएन ।

केही दिनयता तरकारी तथा फलफूलमा रहेको विषदीको मात्रा जाँच गर्ने प्रक्रिया सुरु गरिएको छ । यसले आयातकर्ताले सास्ती व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

नेपालको कमजोर नीति तथा प्राविधिको कमीका कारण कृषि उपजमा अत्यधिक मात्रामा विषदी प्रयोग भए पनि उपभोक्तासम्म पुग्ने गरेको छ । असन्तुलित रासायनिक मल अत्यन्तै बढी प्रयोग गर्ने र रोग–कीरा नियन्त्रण गर्न मानव स्वास्थ्यका लागि हानिकारक विषादी अनियन्त्रित रूपमा प्रयोग हुँदै आएको छ । भारतबाट नेपालमा आयात हुने वस्तुमा यस्तो मात्रा अत्यधिक छ नै नेपालमा पनि यो अवस्था छ ।

नेपालमा  कृषिजन्य पदार्थ लामो समय ताजा राख्न पनि फर्मालिन जस्ता विषादी प्रयोग हुँदै आएको छ । जो मानव स्वास्थ्यका लागि अति हानिकारक छन् ।

नेपालमा बिक्री हुने फलफूल तथा तरकारीमा ठूलो मात्रामा विषदी प्रयोग भएको पाइएको छ । काठमाडौंको कालीमाटीमा बिक्री हुने यी कृषिजन्य उपभोग्य वस्तुको पटक पटक जाँचगर्दा यस्तो पाइने गरेको छ ।

२०७४ साउनदेखि २०७५ वैशाखसम्म देशका विभिन्न भागमा ३ हजार ६ सय ७७ वटा तरकारी तथा फलफूलको नमुनामा विषादी परीक्षण गर्दा ३३ वटा खान लायक नभएको पाइएका थिए । त्यस्तैगरी ९३ वटा तरकारी तथा फलफूल केही दिन पर्खेर, जाँच गरेपछि मात्र खान मिल्न सक्ने खालका देखिएका थिए ।

२०७५ यता विषदीको अत्यधिक प्रयोग केही घटेको देखिए पनि आयातित वस्तुमा बढी विषादी पाइएको छ । तरकारी तथा फलफूल उत्पादनमा रोग कीरा नलागून् भनेर प्रयोग गरिने विषादी, लामो समय ताजा राख्न प्रयोग गरिने विषदी तथा छिटो पकाउन प्रयोग गरिने विषादी मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

तरकारी तथा फलफूलमा प्रयोग भएको विषदीको मात्रा जाँच्न व्यवस्थित तथा सुविधासम्पन्न विषादी जाँच्ने केन्द्रको स्थापना हुनु आवश्यक देखिएको छ । यस्तो अवस्थामा भन्सार नजिकै यस्ता परीक्षण प्रयोगशाला स्थापना हुनु आवश्यक छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस