काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । सकेसम्म आजै सार्वजनिक गर्ने नभए भोलिसम्ममा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।
विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कुनै प्राविधिक त्रृटि देखिए भोलि बिहानसम्म नतिजा सार्वजनिक भइसक्ने उनको भनाई छ ।
कार्यालयले सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यसवर्षको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी परीक्षामा सहभागी छन् ।
तपाईंको प्रतिकृया




