के हो पायल्स ? यस्ता छन् बच्ने उपाय

मलद्वारवरिपरिका रक्तनसा विभिन्न कारणले सुुन्निनुलाई पायल्स भएको भनिन्छ । जसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड’ भनिन्छ । अधिकांश मानिसमा पायल्ससम्बन्धी समस्या हुने गरेको छ । गोप्य अंगमा हुने हुँदा कतिपयले समयमै यसको उपचार गर्दैनन् । फलस्वरूप पायल्स बल्झिँदै जाने र भविष्यमा झन् जटिल समस्या सिर्जना गर्ने सम्भावना रहन्छ ।

कारण –

पायल्स विभिन्न कारणले हुन्छ । दिसा नियमित नहुनु, कब्जियत हुनु वा पखाला लाग्नु ।

खानामा फाइबरको कमी, अत्यधिक रक्सी, मासु, सुर्तीजन्य पदार्थको सेवन ।

बलपूर्वक दिशा गर्ने बानी, बुढ्यौली, गर्भवती र वंशाणुगत कारणले समेत पायल्स हुन्छ ।

लामो समयसम्म उभिइरहनुपर्ने पेसा भएका मानिसमा पनि पायल्स हुने बढी सम्भावना रहन्छ ।

रोकथाम र उपचार

पायल्सबाट बच्न खानपानमा ध्यान दिनुपर्छ । दिसा पातलो हुने किसिमका खानेकुरा सेवन गरेर पायल्सको समस्याबाट बच्न सकिन्छ । जसका लागि रेसादार खानेकुरा, सागसब्जी खाने तथा प्रशस्त पानी पिउने गर्नुपर्छ । अध्यधिक मात्रामा माछा, मासु र रक्सी सेवन गर्नुहुँदैन । त्यस्तै, धेरैबेरसम्म दिशा रोकेर राख्नुहुँदैन ।

पायल्सका कारण लामो समयसम्म रगत बगेमा रक्तअल्पता हुने सम्भावना रहन्छ । त्यसैले, हेमोग्लोबिनको परीक्षण गरी रक्तअल्पता भए÷नभएको पत्ता लगाउनुपर्छ । कतिपय अवस्थामा कीटाणुको संक्रमण भई घाउ हुन सक्छ । यस्तो अवस्थामा एन्टिबायोटिक औषधिको सेवन गर्न सकिन्छ ।

सुरुवाती चरणमै भए दुखाइ कम गर्ने औषधि सेवन, पर्याप्त आराम तथा सिजबाथबाट पायल्स नियन्त्रण गर्न सकिन्छ । तर, अन्तिम अवस्थामा पुगिसकेको भए शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

खानपान, व्यायाम र व्यवहारमा सावधानी नअपनाउने हो भने कतिपय अवस्थामा उपचारपछि पनि पायल्स बल्झिन सक्छ । तसर्थ, आफ्नो जीवनशैलीमा ध्यान दिन जरुरी छ ।

पायल्सको उपचार आयुर्वेद, होमियोप्याथी र एलोप्याथी सबै चिकित्सा पद्धतिद्वारा सम्भव छ । तर, पायल्सको विनाउपचार शल्यक्रिया गर्ने भन्ने खालका हल्ला आउँछन् । यो भने सत्य होइन ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस