जनउत्थान लघुवित्तको १००% हकप्रद असार १२ बाट

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गतेदेखि चुक्ता पूँजीको सत् प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

संस्थाको हालको चुक्ता पूँजी दुई करोड ८८ लाख रुपैयाँ रहेको छ। सत् प्रतिशत हकप्रद शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ५ करोड ५६ लाख रुपैयाँ पुग्ने छ।

संस्थाले निष्काशन गरेको हकप्रद असार १ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन्। उनीहरुले साउन १५ गतेसम्म हकप्रदका लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

हकप्रद आवदेनका लागि जनउत्थानका केन्द्रीय तथा शाखा कार्यालयहरुबाट, सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल र आस्वा प्रणालीबाट पाइनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस