१९ औं शताब्दीमा निर्माण गरिएको पानी जहाज जर्मनीको एल्बे नदीमा डुब्यो

काठमाडौं । १९ औं शताब्दीमा निर्माण गरिएको र हालै ठूलो रकम खर्च गरेर मर्मत गरिएको एउटा पानी जहाज जर्मनीको एल्बे नदीमा डुबेको छ ।

‘नम्बर फाइभ स्कूनर’ नाम गरेको पानी जहाज सामान बोक्ने अर्को पानी जहाजमा ठोक्किएर डुबेको हो । सो जहाज हालै मात्रै १७ लाख अमेरिकी डलर खर्च गरेर मर्मत गरिएको थियो ।

जर्मनीको उत्तरी शहर ह्यामबर्गस्थित एल्बे नदीमा पानी जहाज डुब्बा केही घाइते भएका छन् । पानी जहाजमा रहेका सबै ४३ जनालाई नजिकै रहेको डुंगाको सहयोगमा उद्धार गरिएको बताइएको छ । यो जहाज सन् १८८३ मा निर्माण भएको थियो ।(एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस