सातामा २८ सयले महंगियो सुन, तोलाको ६२ हजार ३ सय

काठमाडाैँ । यो साता सुन प्रतितोला २८ सयले महंगिएको छ। साताको पहिलो दिन ५९ हजार ५ सय रुपैयाँमा करोबार भएको सुनको मूल्य आज ६२ हजार ३ सय रुपैयााँ पुगेको नेपाल सुनचाँदी ब्यपवसायी महासंघले जनाएको छ।

आगामी आर्थिक वर्षको बजेटमा बढाइएको भंसारदर र अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धिको प्रभाव नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी रत्न तथा आभूषणका अध्यक्ष रमेश महर्जनको भनाइ छ।

हिजो प्रतितोला ६२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। हिजोको तुलनामा सुनको मूल्य आज ३ सय रुपैयाँ बढेको हो।
यो साता सुन दैनिक १५ सय सम्मका दरले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको तथ्यांकले देखाएको छ। यो साता एक दिनमात्र सुनको मूल्य स्थिर रह्यो भने बाँकी दिन उकालो लागेको देखिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस