ह्याट्रिक हिरो मौराको प्रतिमा बनाउन सुझाव, पोकेटिनोका लागि उनी ‘सुपर हिरो’

काठमाडाैँ । दोस्रो हाफमा ह्याट्रिक गरेर टोटनह्यामलाई पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुर्‍याएका लुकास मौराको प्रतिमा बनाइनु पर्ने साथी खेलाडी क्रिष्टियन एरिक्सनले बताएका छन् ।

अजाक्ससँगको पहिलो लेगमा पराजित भएको र दोस्रो लेगको पहिलो हाफमा २–० ले पछि परेको टोटनह्यामलाई ऐतिहासिक जित दिलाउने क्रममा मौराले ५५ , ५९ र इन्जुरी समयको छैटौँ मिनेटमा गोल गरेका हुन् ।

टोटनह्यामका खेलाडी एरिक्सनले खेलपछि भने, ‘मौरा प्रतिमा बनाउन लायक छन् ।’

मौराले अजाक्ससँगको दोस्रो लेग आफ्नो खेल जीवनको उत्कृष्ट क्षण रहेको बताएका छन् ।

एरिक्सनले भनेका छन्, ‘यो खेल अपत्यारिलो बन्यो, हामी खराब अवस्थामा थियौँ, हामीले प्रयास गरेका थियौँ र भाग्यले साथ पनि दियो । मौराको प्रतिमा बन्नु पर्छ ।’

मौराको गोलले आँसु रोक्न नसक्ने अवस्थामा पुगेका पोकेटिनोले आफ्ना खेलाडीलाई हिरोको शंग्या दिएका छन् । अझ मौरा त ‘सुपर हिरो’ रहेको उनले बताए ।

जितपछिको अवस्था बयान गर्न सक्ने अवस्था नै नरहेको प्रतिक्रिया ह्याट्रिक हिरो मौराको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस