माइग्रेनको समस्या छ ? यी घरेलु उपाय अपनाएर भगाउनुस्

काठमाडाैँ । गर्मीको मौसममा पसिना चुहिएर काखी गनाउन थाल्छ । यस्तो भयो भने कोही पनि हामीनजिक बस्न चाहँदैन । काखीको गन्ध हटाउन डियोड्रेन्टको प्रयोग गरिन्छ तर त्यसले पनि सधैंभरि गन्ध हटाउँदैन । यहाँ हामी केही घरेलु उपाय बताउँदैछौं जसले काखीको गन्ध सजिलै हटाइदिन्छ ।

बेकिङ सोडा –  बेकिङ सोडाले पसिना सोस्ने काम गर्छ र ब्याक्टेरियालाई पनि सिध्याउँछ । बेकिङ सोडा र कागतीको रसलाई बराबर मिसाउनुस् र यसलाई आफ्नो काखीमा लगाउनुस् । पाँचदेखि १० मिनेटसम्म त्यत्तिकै छोडेपछि पानीले धुनुस् । केही दिनसम्म यो प्रक्रिया नियमित रूपमा दोहो–याउनुभयो भने काखीको गन्ध हराउँछ ।

स्याउको चुक अमिलो – स्याउको चुक अमिलोले पनि काखीको गन्ध हटाउँछ । कचौरामा अलिकति पानी हालेर त्यसमा कागतीको रस मिसाउनुस् र अलिकति स्याउको चुक अमिलो हाल्नुस् । यो मिश्रणलाई एउटा स्प्रे बोतलमा राखेर स्प्रे गर्नुभएपनि हुन्छ । यसले काखीको ब्याक्टेरिया हटाउँछ र पसिनाको दुर्गन्ध रोक्छ ।

कागतीको रस – कागती पनि दुर्गन्ध हटाउने राम्रो उपाय हो । एउटा कागतीको टुक्रो आफ्नो काखीमा १० देखि १५ मिनेटसम्म थिचेर राख्नुस् । दिनभरि पसिनाबाट निस्कने दुर्गन्धलाई यसले रोक्छ ।

फिटकिरी – फिटकिरीको प्रयोग गर्नुअघि त्यसलाई अलिकति पानीमा भिजाउनुस् र पसिनाबाट दुर्गन्ध आउने ठाउँमा रगड्नुस् । दिनभरिको दुर्गन्धबाट छुटकारा पाउनुहुन्छ ।

गोलभेंडा – गोलभेंडामा भएको एन्टीसेप्टिक प्रोपर्टीका कारण पसिनाको दुर्गन्ध भाग्छ । अझ यसले पसिना पनि कम निकाल्छ । आठवटा गोलभेंडा लिएर त्यसलाई मजाले थिच्नुस् र रस निकाल्नुस् । त्यही रसलाई नुहाउने पानीमा हालेर नुहाउनुभयो भने ताजा पनि हुनुहुनेछ, पसिनाको दुर्गन्ध पनि हट्नेछ ।

नखौरिनुस् – काखीको रौं हटाउनका लागि हामी प्रायः खौरिन्छौं तर खौरिएपछि त्यहाँको छाला संवेदनशील हुन पुग्छ । अनि त्यहाँ आफ्टरशेभ लगाउँदा जलन हुन थाल्छ । रेजरका कारण ब्याक्टेरिया र कीटाणुहरू पनि जन्मिन्छन् र काखीको दुर्गन्धको कारण बन्छन् ।

बेस्सरी पानी पिउनुस् – गर्मीमा पानी पिउनु स्वास्थ्यका लागि आवश्यक कुरा हो । यसले हाम्रो शरीरलाई हाइड्रेट गराउँछ र स्किन पनि मोइस्चराइज हुन्छ । गर्मीमा भरपूर पानी पिउँदा शरीरबाट कम दुर्गन्ध निस्कन्छ । – एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस