गर्मीमा यस्तो मेकअप

काठमाडाैँ । सुहाउँदो मेकअपले सुन्दरतामा थप निखार ल्याउँछ । समयअनुसारको मेकअप गर्न सकेमा सुन्दरसँगै स्वस्थसमेत रहन सकिन्छ । हाल गर्मी मौसम सुरु भइसकेको छ । मौसमअनुसार छालाको प्रकृति पनि बदलिने भएकाले सुन्दरतामा ध्यान पु-याउनुपर्ने हुन्छ । जुनै किसिमको छाला भए पनि गर्मीयाममा मेकअप गर्न अफ्ठ्यारो हुन्छ । यो वेला धुवाँ–धुलो बढी हुने, पसिना धेरै आउने कारण छाला धेरै सुख्खा र तैलीय हुने हुन्छ । यसले मेकअपलाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले, छाला र सुन्दरतामा असर नपर्नेगरी यसरी मेकअप गर्न सकिन्छ :

  • गर्मीमा तैलीय छाला हुने हुँदा फाउन्डेसन लगाउँदा बग्ने र धब्बा देखिने हुन्छ । यसका लागि मेकअप गर्दा निकै ध्यान पु-याउनुपर्ने हुन्छ । पसिना र तैलीय छालाका कारण कहाँ कालो वा धब्बा देखिन्छ, मेकअप गर्नुभन्दा अघि त्यहाँ पूर्वतयारीका उपाय अपनाउनुपर्छ ।

  • सुरुमा अनुहार सफा गर्नुपर्छ । यसमा फेसवास र नरम क्लिन्जिङ आदि प्रयोग गर्न सकिन्छ । मेकअपअघि अनुहार राम्ररी पखाल्न जरुरी हुन्छ ।

  • गर्मीमा घामका किरण सीधै छालामा पर्छन् । यसले असर देखिन सक्छ । त्यसैले, मेकअपअघि मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार  मेटिफाइङ प्राइमर अर्थात् आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलिय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ ।

  • छालामा मोस्चराइजरको प्रयोग गरेपछि केही समय खुला छोडिदिनुपर्छ । यसले छाला नरम बनाउन मद्दत गर्छ । त्यस्तै, घाममा हिँड्दा सनस्क्रिम पनि लगाउन सकिन्छ ।

  • मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ । त्यसैले, गर्मीमा पनि मेकअप लामो समय कायम रहन्छ । प्राइमरको प्रयोग गर्दा हलुका हुने भएकाले प्राइमर लगाएको महसुससम्म हुँदैन ।

  • गर्मीमा लिक्विड फाउन्डेसन उपयुक्त हुँदैन । तैलीय छालामा यो थोरै समय मात्रै टिक्ने भएकाले फाउन्डेसनको कवचको रूपमा क्रिम प्रयोग गर्न सकिन्छ । यसमा लुज पाउडर पनि लगाउन सकिन्छ । जसले गर्दा, फाउन्डेसन लामो समयसम्म टिक्ने र चिटिक्क देखिने हुन्छ । यद्यपि, काममा हिँड्ने हो भने फाउन्डेसनको प्रयोग नगरी हलुका मेकअप गर्दा राम्रो हुन्छ ।

  • गर्मी मौसममा गाजल, आइस्याडो, मस्कारा र लिपिस्टिक आदि वाटरपु्रफ र म्याट मात्र प्रयोग गर्नुपर्छ । यसो गर्दा, बाहिर हिँड्दा पसिना वा पानीका कारण बग्ने वा लतपतिने सम्भावना हुँदैन । यो वेला सकेसम्म हलुका मेकअप गर्न आवश्यक हुन्छ । रङको छनोट गर्दा पनि सकेसम्म फिका रङ छान्नु उपयुक्त हुन्छ ।

  • आँखामा आइलाइनरको प्रयोग गर्न सकिन्छ । त्यस्तै, हुलका गुलाबी र सुन्तला रङको चमकरहित आइस्याडो लगाउँदा राम्रो देखिन्छ । विशेषगरी, साँझ र रातको पार्टीमा चमक भएको आइस्याडो लगाउन सकिन्छ । तर, दिउसो रंगीन मेकअप अनावश्यक देखिन सक्छ ।

  • साथै, दिउँसो बाहिर हिँड्दा सकेसम्म गाढा मेकअप नगर्नु नै बेस हुन्छ । यो छालाको स्वास्थ्यका दृष्टिकोणले समेत नराम्रो हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस