प्रभु बैंक लिमिटेडको नयाँ शाखा गोरखाको पालुङटारमा

गोरखा। प्रभु बैंकले गोरखाको पालुङटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य अनुरुप गोरखाको पालुङटार नगरपालिका वडा नं. ५ मा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

बैंकको पालुङटार शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस