आगोमा जलेर शिशुको मृत्यु

दाङ । दाङमा आगलागीबाट एक जना शिशुको जलेर मृत्यु भएको छ। जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ बगाहसोती निवासी हिमाल रानाको १ महिनाकी छोरी संगिता रानाको जलेर मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी विनोद विक्रम शाहले आइतबार बेलुका सात बजेतिर हिमालका ४ वर्षीय अमित रानाले सलाइ कोरी खेल्ने क्रममा कपडा बाट बहिनी संगितालाई आगो लाग्न पुगेको बताए।

आगोले पोलिएर गम्भीर अवस्थाकी शिशुको रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको शाहले जानकारी दिए। आगोबाट घरमा अन्य कुनै क्षति नभएको पनि प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ झिम्डीमा स्थानीय फनादर घर्तीको घर आगलागीबाट जलेर नष्ट भएको छ। फुसको छानोयुक्त एक तले घरमा सोलारको तार सट भइ लागलागी भएको प्रहरीले बताएको छ।

आइतबार बेलुका ५ बजेतिर लागेको आगो एक घन्टापछि स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस