तमोर मेवा जलविद्युत् आयोजना निर्माण आगामी वर्षदेखि सुरु हुने

ताप्लेजुङ । ताप्लेजुङमा १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजना निर्माण आगामी वर्षदेखि सुरु हुने भएको छ ।

आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनलगायतका तयारी पुरा भएकाले अर्को वर्षदेखि नै निर्माण सुरु गरिने स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी जनाएको छ ।

आयोजना निर्माणका लागि लाग्ने कुल २६ अर्ब १२ करोड लागतमध्ये कुमारी बैंक लिमिटेडले ७५ प्रतिशत ऋण उपलब्ध गराउने र बाँकी समुदायको लगानी हुने निर्माण कम्पनीका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले जानकारी दिए ।

विद्युत् उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभाग मार्फत उर्जा मन्त्रालयमा दरखास्त दिइसकेकाले उक्त अनुमतिपत्र प्राप्त हुना साथै काम सुरु हुने बताइएको छ ।

२०७६ सालदेखि काम सुरु गरी २०८१/८२ मा सम्पन्न गर्ने स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको लक्ष्य छ ।

ताप्लेजुङको मेवाखोला र तमोर नदीको पानीलाई एकीकृत गरी झन्डै ९ किलोमिटर दुरीको सुरुङमार्फत विद्युत् गृहसम्म पुर्‍याउने योजना छ ।

फुङलिङ नगरपालिका–३ मा पर्ने आँगेदिनमा विद्युत्गृह रहने छ । उत्पादित विद्युत् हाङ्पाङ सव स्टेसन हुँदै कोशी करिडोर प्रसारण लाइनमा जोडिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस