ईभेन्ट अर्गनाईजरहरुको छाता संगठन इभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपालको स्थापना

काठमाडौं ।  सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्टसंग सम्बन्धि त मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीता आयोजकहरुको छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल इमान को औपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

वानेश्वरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम माझ पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले संघको औपचारिक शुभारम्भ भएको घोषणा गरे । संघको औपचारिक शुभारम्भ पस्चात पूर्व मन्त्री शेर्पाले संघका पदाधिकारी एबम संस्थापक सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री शेर्पाले कार्यक्रम ब्यवस्थापन कार्य आफैमा चुनौतीपूर्ण रहेको औल्याउदै संघले कार्यक्रम ब्यवस्थापनको क्षेत्रमा कृयाशिल आफ्ना सदस्यहरुलाई चुस्त र प्रभावकारी ढंगले कार्यक्रम सम्पन्न गराउन अभिप्रेरित गर्नुपर्ने बताए ।

कार्यक्रममा कार्यक्रम ब्यवस्थापन संघ, नेपालका अध्यक्ष लब बहादुर कार्कीले मनोरन्जन क्षेत्र मध्ये पनि सौन्दर्यप्र तियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्टसंग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीताले समाज परिर्वतनसँगसंगै देशको समग्र आर्थिक विकासमा टेवा पुर्याउदै आएको बताए ।

संघका सल्लाहकार सीताराम पोख्रेलले संघले आफ्नो संगठनलाई सशक्त पार्दै अघि बढाउन ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

त्यसैगरि, संघका प्रवक्ता सरोज ओझाले संघ स्थापना गर्नुको उदेश्य बारेमा पत्रकारहरुले राखेको सवालको जवाफ दिदै सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्टसंग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीता आयोजनाको क्षेत्रमा देखिदै आएका विक्रिती एबम बिसंगतीलाई निरुत्साहित गर्दै कार्यक्रम व्यवस्थापनको कार्यलाई थप ब्यवस्थित तुल्याउन तथा ईभेन्ट कम्पनीहरुको पेशागत हकहित, अनुशासन र मर्यादाका लागि एक आपसमा मेल मिलाप एवं साथ सहयोगको भावनालाई जाग्रित गराउनु रहेको जनाए ।

संघका उपाध्यक्ष शान्ता लामाले ईभेन्ट म्यानेजमेन्टको क्षेत्रमा बिक्रिती र बिसङगती रहेको अौल्याउदै आगामी दिनमा संघले यस्ता ईभेन्टकार्यक्रम लाई ब्यवस्थित गराउन खवरदारी गर्ने बताईन ।

कार्यक्रममा संघका सचिब सोनित राज ढुङ्गानाले देशको आर्थिक एबम सामाजिक विकासलाई गतिशिल तुल्याउन नेपाल सरकारसँगसंगै निजी क्षेत्र लगायत सामाजिक संघसँगठनहरुले खेल्ने भूमिकाले पनि उत्तिकै महत्व बोक्ने बताउदै संघले देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे । संघका सदस्य प्रदिप राज वन्तले सँगठित रुपमा अघि बढदै गर्दाको अवस्थामा आगामी दिनमा इभेन्ट ब्यवस्थापनको क्षेत्रमा आपसी सहकार्यको भावना र स्वच्च प्रतिस्पर्धाको विकास हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, ३ नम्बर प्रदेशका सल्लाहकार उज्जवल जंग शाह, ग्लोबल नेपालीज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारी, चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम ब्यवस्थापन संघ नेपालमा  अध्यक्ष लव बहादुर कार्की उपाध्यक्ष शान्ता कुमारी तामाङ्ग महासचिव सावित्री ढुङ्गाना, प्रवक्ता सरोज ओझा , सचिव सोनीत राज ढुङ्गेल , सहसचिव डेविल सिहं राजपुत , कोषाध्यक्ष राज लुईटेल ,सहकोषाध्यक्ष टेक राज पाण्डे, कार्यसमिती सदस्य मोनीत महर्जन, तृष्णा गुरुङ्ग, प्रदिप राज वन्त, सुरज थापा, सपना राई,अशोक तामाङ, संस्थापक सदस्य गोकर्ण लामीछाने नुवाकोट , राजिव दियाली मोरङ्ग, सविना श्रेष्ठ धनगढी, समिर लामा, पासाङ्ग शेर्पा, पवन कोईराला र नारायण थापा छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस