काठमाडौँ । महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।
सम्झौताबाट महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् ।
साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस