जनताको जलविद्युत कार्यक्रममा पहिलो आईपीओ त्रिशुली जलविद्युतले माग्यो, चैत ७ देखि आवेदन खुला

काठमाडौं। जतताको जलविद्युत् कार्यक्रम अन्तर्गत त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले पहिलो कम्पनीको रुपमा आइपीओ निष्कासनको लागि आवेदन माग गरेको छ । नवाकोट र रसुवामा पर्ने ३७ मेगावाटको त्रिशुली ३ ए नामक यो जलविद्युत आयोजनाले यही चैत ७ गतेबाट छिटोमा चैत्र ११ र ढिलोमा बैशाख ६ गतेभित्र आवेदन माग गरेको छ ।

यो जलविद्युत् कम्पनीको शेयर खरिद गर्न चाहने सर्वसाधारणले प्रति शेयर एक यस रुपैयाँमा खुला भएको यो कम्पनीको लागि हाललाई प्रति शेयर १० रुपैयाँका दरले आफूले किन्न चाहेको शेयरका लागि अग्रिम भुक्तानी अन्तर्गत आवेदन दिनुपर्ने छ । बाँकी रकम कम्पनीले पछि माग गर्ने उल्लेख छ ।

२ अर्ब ३७ करोड चुक्ता पुँजी रहेको यो कम्पनीले १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता शेयर सर्वासाधारणका लागि छुट्टाएको छ । यो मध्ये ३ प्रतिशत अर्थात १ लाख ११ हजार १५० कित्ता शेयर कर्मचारीलाई र बाँक ि३५ लाख ९३ हजार ८५० कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको छ ।

यो कम्पनीको शेयर आवेदनका निम्ति कम्तिमा एक सय कित्ता र बढीमा १० हजार कित्ताको लागि आवेदन दिन पाइने छ । यसको प्रतिशेयर जम्मा १० रुपैयाँका दरले आवेदन दिन सकिन्छ ।

बाँकी रकम कम्पनीले माग नगरेसम्म अग्रीम भुक्तानी भएकोयो रकमको सरकारले बैंक तथा वित्तीय संस्थाले दिने सरहको व्याज पनि दिने भएको छ । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस