दोलखामा बस दुर्घटना, दुईकाे मृत्यु, २५ घाइते

काठमाडौं । दोलखाको लामाबगरस्थित सिनो हाइड्रो कम्पनीको बस दुर्घटना हुँदा दुईजनाको  मृत्यु भएको छ।  बा ४ ख ४५७३ नम्बरको भाडाको बस शुक्रबार बिहान करिब ७ः ४५ बजे बजे बिगु गाउँपालिका १ नयाँबाटोबाट करिब २५ मिटर तल खसेको दोलखाका प्रहरी नायब उपरीक्षक यज्ञनन्द शाहले जानकारी दिए।

मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका ३ का दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका ३ का हिराप्रसाद मिजार छन्। दुर्घटनामा २५ जना घाइते भएको प्रहरीको भनाइ छ।  घाइतेलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याइँदै गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री