बार्सिलोना र लिभरपुल युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । बार्सिलोना र लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराती भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगका खेलहरु जित्दै बार्सिलोना र लिभरपूल अन्तिम आठमा पुगेका हुन् ।

गएराती बार्सिलोनाले फ्रान्सको ओलम्पिक लियोंलाई ५–१ ले हरायो । स्पेनमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा फिलिप कौटिन्हो,जेरार्ड पिके र डेम्बेलेले एक एक गोल गरे ।

पहिलो लेगको खेल गोलरहित बराबरीमा सकाएको लियों समग्रमा ५–१ ले पराजित भयो । जितसँगै बार्सिलोना लगातार १२ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

गएराती भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखलाई उसैको मैदानमा ३–१ ले हराउँदै इंग्लण्डको लिभरपूल पनि क्वाटरफाइनलमा प्रवेश गर्‍यो । बायर्न म्युनिखको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले दुई गोल गरेभने भर्जिल भान डाइकले एक गोल थपे ।

गएरातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको छ । यसपटक इंग्लण्डबाट ४ टोलीहरु म्यान्चेस्टर सिटी, लिभरपूल, म्यानचेस्टर युनाइटेड र टोटनह्याम हट्सपर क्वाटरफाइनलमा पुगेका छन् ।

यसैगरी स्पेनबाट बार्सिलोना, इटालीबाट युभेन्टस, नेदरल्याण्ड्सबाट आयाक्स एम्सटरडम र पोर्चुगलबाट एफ.सी पोर्टो पनि क्वाटरफाइनलमा पुगेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस