भद्रगोलको ‘पाँडे’प्रति पाण्डे समाजको आपत्ति

काठमाडौं । हाँस्यटेलि शृंखला भद्रगोलको ‘पाँडे’ चरित्रप्रति विरोध जनाउँदै ‘नेपाल पाण्डे समाज’ले आपत्ति जनाएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको उत्पादक मिडिया हबलाई समाजले पत्र पठाउँदै पाँडे पात्रलाई कपोलकल्पित रुपमा प्रस्तुत गर्दा समस्त पाण्डेहरुको मनमा चोट लागेको उल्लेख छ ।

‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पुर्याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हास्यपात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो,’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ समाजमा असर पुर्याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौँ ।’

हास्यकलाकारद्वय अर्जुन घिमिरे र कुमार कट्टेलको निर्देशनमा निर्माण भइरहेको भद्रगोल प्रायः नम्बर १ ट्रेन्डिङमा आउने गर्छ । जसमा पाँडेको भूमिका अर्जुन घिमिरेले निभाएका छन् । यसका कलाकारहरुले बोल्ने लोकप्रिय थेगोका कारण यो टेलिशृंखला चर्चित छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस