विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय

काठमाडाै‌ं । सरकारल‍े नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे माओवादीमाथि प्रतिबन्ध लगाउने घाेषणा गरेकाे छ । मंगलबार बसेकाे मन्त्री परिषद् बैठकले याे निर्णय गरेकाे हाे ।

क्याबिनेट मिटिङमा सहभागी एक मन्त्रीले बताएअनुसार पछिल्लाे समय सशस्त्र द्वन्द्वमा रहेकाे विप्लव नेतृत्वकाे माओवादीले विभिन्न ठाउँमा आपराधिक कार्यक्रम गरेकाले समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकाे हाे । उक्त समूहले पछिल्ला दिनमा सुरक्षा निकायलाई थ्रेट दिएकाे, व्यापारीहरुलाई चन्दा मागेर हैरान बनाएकाे र नागरिककाे सुरक्षामाथि धावा बाेलेकाे सरकारले निष्कर्ष निकालेकाे हाे ।

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीकाे चाहनामा नै आएकाे ती मन्त्रीले बताए । यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहमाथि निकै कडा रुपमा प्रस्तुत हुँदै आएका थिए । स्वतन्त्र मधेश गठबन्धनका संयाेजक सिके राउतसँगकाे सम्झाैता गर्ने दिन उनले विप्लव समूहले आफूलाई लुटेरा नामाकरण गरे हुने बताएका थिए ।

गत शुक्रबार मात्र प्रहरीले विप्लवकाे  घर भएको कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-९, सुन्दरी डाँडा गाउँमा बिहीबार बिहान ‘स्विप अपरेसन’ चलाएको थियाे । यस क्षेत्रमा चन्द नेतृत्वको पार्टीले सैन्य शिविर चलाउने गरेको थियो । प्रहरीको सुरक्षा निगरानी कम भएका कारण सो पार्टीले आफ्ना गतिविधि निर्वाध रूपमा सञ्चालन गर्दै आएको थियो । लामो निगरानीपछि प्रहरीले बिहीबार बिहान सो गाउँभरि अपरेसन चलाएको हो ।

जंगल क्षेत्र पर्ने सुन्दरी डाँडामा बिहीबार बिहान साढे ३ बजेदेखि प्रहरी परिचालन गरिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । छापाका क्रममा प्रहरीले आधुनिक स्वचालित हतियार, पेस्तोल र गोलीहरू बरामद गरेको छ । अपरेसनका क्रममा प्रहरीले शिवराज नगरपालिका-९ अञ्चलपुरका ४० वर्षीय दुर्गाबहादुर रोकालाई गोली हानी पक्राउ गरेको छ । हतियारसहित फेला परेका रोकालाई पक्रन खोज्दा उनी भागेपछि नियन्त्रण लिन गोली चलाएको प्रहरीले जनाएको छ ।

राज्यले युद्ध घोषणा गर्यो, प्रतिवाद गर्छौं : विप्लव
सरकारको निर्णय गरेलगत्तै विप्लव नेतृत्वको नेकपाले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ । सरकारको निर्णय राजनीतिकरूपमा षड्यन्त्र भएको भन्दै देशभर प्रतिवाद गर्ने चेतावनि दिएको छ । पोलिटब्युरो सदस्य महोन कार्कीले सरकारले देशलाई जबरजस्ती दन्दमा धकेल्ने षड्यन्त्र गरेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुभयो, हामी राजनीतिक रूपमा देशभर भन्डाफोर गर्छौ,सरकार दमनमा आए प्रतिरोध गर्छौ । विखण्डनकारी सिके राउतलाई काखी च्यापेर सरकारले आफुमाथि प्रतिबन्ध लगाएको भन्दै उहाँले संघर्ष चर्काउने चेतावनी दिएको छन । हामिले भ्रष्टाचारी ,करछली र दलालमाथि कारबाही चलाएका थियौँ । त्यसलाई आतंककारी गतिविधि भन्नु दुर्भाग्यपुर्ण हो । कार्कीले भन्नुभयो,सरकारले युद्धको घोषणा गर्यो हामी त्यसको जवाफ दिन्छौँ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्व वैंकको ८० मिलियन डलर ऋण स्वीकार्नेसहित यी हुन् मन्त्रिपरिषदका २१ निर्णय

काठमाडौं । सरकारले विश्व बैंकको ८० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्नेलगायतका विभिन्न २१ निर्णय …

प्रतिकृया दिनुहॊस