रङ्गशाला निर्माणका लागि धुर्मुसलाई लमजुङ आमा समूहको साढे ६ लाख सहयोग

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समूह, यूकेले ६ लाख ५५ हजार ८५० रुपैंया सहयोग गरेको छ । सोमबार फाउन्डेशनको कार्यालयमा संस्थाका अध्यक्ष जुना गुरुङ्सहित पदाधिकारीहरुको उपस्थितीमा उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिएको हो ।

यूकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाइलो साँझ’ बाट संकलन भएको रकम आमा समूहले फाउन्डेशनलाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष गुरुङले धुर्मुस सुन्तलीसँग भेट्न पाउँदा खुसी लागेको बताउँदै फाउन्डेशनको कामबाट आफूहरु प्रभावित भएर सहयोग गर्ने भावना जागेको बताइन् ।

सहयोग हस्तान्तरणमा सहयोग लिँदै फाउन्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे‘सुन्तली’ले भनिन्, “यो सहयोग मात्रै होइन्, नारी एकता, नारी सशक्तता पनि हो । अर्काको देशमा बसेर आफ्नो देशलाई चिनाउन र कुनै पनि नारीलाई दुःख पर्दा सहयोग गर्ने लमजुङ आमा समूहको कामले म आफैंपनि नारी भएको हिसावले निकै खुसी छु ।”

देशकै गौरवको गरियोजना आफूहरुले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिकृयाले आफूहरुलाई ठूलो हौसला मिलेको बताउँदै फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले भने “रङ्गशाला नितान्त यहाँहरुकै सहयोगमा निर्माण सफल हुने हो । सबैजना अभियान्ता बनेर सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस