बचत कर्ताको रकम फिर्ता नगर्ने सहकारी कार्वाहीमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको हो ।

कामपाका सहकारी विभाग प्रमुख नबराज ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५ सहकारी कार्वाहीमा परेका छन् । ती सहकारीलाई कार्वाहीस्वरुप बचतकर्ताको रकम फिर्ता गर्न लिखित सहमति गरी समय तोकिएको छ । लिखित सहमति गर्दा पनि रकम फिर्ता नगर्ने सहकारीका विवरणसहित प्रहरीसमक्ष उजुरी गरी थप कार्वाहीका लागि प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले जानकारी गराए ।

न्युरोड, पुतलिसडक र बानेश्वर क्षेत्रका कम पूँजी भएका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता नगरेको पाइएको पनि उनको भनाइ थियो । न्युनमत रु १० हजारदेखि रु एक करोडसम्म बचतकर्ताको रकम फिर्ता नगरेको अनुगमनको क्रममा पाइएको पनि विभागले जनाएको छ ।

कामपामा रहेका सहकारी धेरैले विवरण समेत नबुझाएकाले अनुगमन गरी कानूनी प्रक्रियामा शुरु गरिएको हो । हाल कामपा भित्र एक हजार ८५६ सहकारी संस्था छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस