बार्यनको शक्तिशाली डिफेन्स सामु लिभरपुलको केही लागेन, दुईपटक मात्रै पोस्ट प्रहार

काठमाडाैँ । गएको सिजनको फाइनलिस्ट लिभरपुल यो सिजन च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा गोलबिहीन बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल जर्मन बुन्डेसलिगा क्लब बार्यन म्युनिखसँग गोलरहित बराबरीमा रोकिएको हो ।

मोहम्मद सालहसहितको लिभरपुलले खेल अवधिभर मात्रै दुईपटक पोस्ट प्रहार गर्न सक्यो । लिभरपुलले बार्यनमाथि उत्कृष्ट दबाब कायम गरेको थियो तर कि त उसको अघिल्लो पंक्तिले कमजोरी गरे नभए बार्यनको शक्तिशाली डिफेन्सले त्यसलाई अघि जान दिएन ।

साडिओ मानेले पहिलो हाफमा गोल गर्ने राम्रो मौका खेर फाले । जोल माटिपले रोबर्टो फिरमिनोको क्रमसमा पाएको बललाई गोलमा परिणत गर्ने मौका पाएका थिए, तर उनले त्यसको सदुपयोग गर्न सकेनन् । माटिपले त्यसअघि झण्डै आत्मघाती गोल गरेका थिए ।

दोस्रो हाफमा जर्मन च्याम्पियन बार्यनको डिफेन्स झन बलियो देखिएको थियो । दोस्रो लेग आउँदो मार्च १३ मा बार्यनको मैदानमा हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस